full screen background image
Search

नेपाली काग्रेंस कालीकोटद्धारा सरकार विरुद्ध मंगलवार सदरमुकाम मान्ममा विरोध सभा,

कालीकाेट समचारदाता ,२०७६ असोज ७

नेपाली काग्रेंसको दोस्रो चरणको रास्टिय जागरण अभीयान अन्तर्गत मंगलवार समापनका क्रममा नेपाली काग्रेंस कालीकोटले विरोध सभा गरेको छ । हत्या, हिंसा, बलत्कार र चरम महंगीका विरुद्धमा मंगलवार नेपाली काग्रेंस कालीकोटले जिल्ला सदरमुकाम मान्म वजार र्याली सहित बृहत कार्यक्रम गरेको छ । नेपाली काग्रेंसको दोस्रो चरणको जागरण अभीयान कार्यक्रम अन्तर्गत नेपाली काग्रेंस कालीकोटका नेता तथा कार्यकर्ता प्रतेक नागरिकहरुको घरदैलोमा पुगेर उनका समस्या र स्थानीय सरकारका हरेक गतिविधीलाई वुजेर मंगलवार विरोध सभा कार्यक्रम गरि दोस्रो चरणको जागरण अभीयान कार्यक्रम समापन गरेको छ ।


मंगलवार भएको बृहत विरोध सभा कार्यक्रममा नेपाली काग्रेंस कालीकोटका पार्टी सभापति हर्ष बहादुर बम, केन्द्रीय प्रतीनीधी तीलक बहादुर मल्लको प्रमुख आतीथ्यता, सस्थापक नेता धन पाण्डे,क्षेत्र नं १ का क्षेत्रीय सभापति संकर उपाध्याय २ का दमन बहादुर शाही लगायतका नेता तथा कार्यकर्ताहरु, भातृ संघ संगठन लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

महिला नेतृको तर्फवाट तारा शाह दलीत प्रतीनीधीको तर्फवाट नीलो तीरुवा भातृ संगठनको तर्फवाट शुसीला शाही बम , महाधीवेसन प्रतीनीधीको तर्फवाट मान बहादुर रोकायाले विरोध सभा कार्यक्रममा बोल्ने बक्ताहरुले अहीलेको बर्तमान कम्यूनीस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना वाट रेल ल्याउने भासण गरेर रेलको वदला बैंक रीत्याउने चोर ल्याएको आरोप लगायका छन । माओवादीले २०५२ सालको १० बर्षे आन्दोलनमा दलीतहरुलाई आफ्नो पार्टीमा आयपछि जातीय विभेद अन्त्य गर्ने भनि आस्वासन दीयर हजारौका छोरा छोरीलाई टुहुरो बनाउने काम गरेको बताउनु भयो । देसको सम्माननीय रास्टपति ज्यू ले संविधान दिवसका अवसरमा पार्टी सभापति सेर बहादुर देउवालाई गरेको अपमानको वदला रास्टपतिले माफी माग्नु पर्ने बताएका छन ।
कार्यक्रममा क्षेत्र नं १ का क्षेत्रीय सभापति संकर उपाध्याय २ का सभापति दमन बहादुर शाही, पार्टी सचिव नन्द बहादुर शाही घमनले नेपाली काग्रेंसले १ सय ५० कीलोमीटर सडक खन्ने रकमले अहिलेका कम्यूनीस्ट सरकारका जनप्रतीनीधीले ४ कीलोमीटर मात्र सडक खनेर करोडौको भ्रस्टचार गरेको आरोप लगायका छन । विपी कोइरालाले देखेको सपनामा अहीले देस हिडीरहेको बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्रतीनीधी तिलक बहादुर मल्लले अहीलेको बर्तमान सरकारे मनोमानी तरिकाले योजनाहरु वाडफाड गरेको जुन योजनाहरु जनताको आवस्यकता नभएर बर्तमान सरकारका नेता तथा कार्यकर्ताहरुको आवस्यकताका लागी वाडफड गरियको छ । कम्यूनीस्टको सरकार आयदेखि देस भ्रस्टचारको चपेटामा परेको र नागरिकहरुले दिन प्रतीदिन असान्तीको महसुस गरेको बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै सभापति बमले स्थानीय सरकारका हरेक गलत कामहरु प्रती नेपाली काग्रेंसले अव खवरदारी गर्ने बताउनु भयो । उहाँले नेता तथा कार्यकर्ताहरुलाई स्थानीय सरकारले गर्ने हरेक गतीविधिमा नीगरानी गर्न समेत आग्रह गर्नुभयो । देसमा प्रजातन्त्र र गणतन्त्र जोखीममा रहेको भन्दै यो जभेखीमलााई नेपाली काग्रेंसले सम्हाल्ने बताउनु भयो । दिनप्रतीदीन देसमा  हत्या हींसा बलत्कारका घटनाहरु घटीरहदा पनि अहीलेको बर्तमान सरकारले अपराधीलाई सजाय भन्दा संरक्षण गरेको बताउनु भयो । कार्यक्रमको संचालन पार्टी प्रबक्ता नगेन्द्र बहादुर विस्टले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा पार्टी परित्याग गरि सयौ जना नेपाली काग्रेंसमा प्रवेस गरेका छन । प्रवेस गर्ने नवआगन्तुकहरुलाई सभापति,प्रमुख अतीथी लगायतले अविर सहीत दोसल्लाले स्वागत गरेका छन ।



Comments