full screen background image
Search

ब्याटमीन्टन संघको जिल्ला अध्यक्षमा पत्रकार विस्ट चयन ।।

कालीकोट समचारदाता,२०७६ असोज २

ब्याटमीन्टन संघका नव निर्वाचीत जिल्ला अध्यक्ष पत्रकार भरतराज विस्ट

ब्याटमीन्टन संघका नव निर्वाचीत जिल्ला अध्यक्ष पत्रकार भरतराज विस्ट

जिल्ला ब्याटमीन्टन संघको अध्यक्षमा पत्रकार भरतराज विस्ट चयन हुनु भएको छ । जिल्ला भरिका ब्याटमीन्टन खेलाडीहरुको एक भेलाले खेलाडी तथा रेडियो नयाँ कर्णाली एफ एमका स्टेशन मयानेजर भरत राज विस्टलाई भेलाले सर्बसहमत रुपमा जिल्ला अध्यक्षमा चयन गरेको हो । जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख नवराज मल्लको सभाअध्यक्षतामा भएको भेलाले पत्रकार विस्टको अध्यक्षतामा १० सदसीय समितिको गठन गरेको हो ।
जसको उपाध्यक्षमा लक्ष्मी मल्ल,सचिवमा माया खड्का,कोषाध्यक्षमा विरेन्द्र बहादुर शाही,सदस्यमा मिठु शाही,सुमन विस्ट,अर्जुन भट्टराई,अक्कल बहादुर शाही,वजुरे खड्का,मनराज सीम्खाडा र धिर बहादुर शाही रहेका छन । यसैविच जिल्लामै पहिलो पटक सदरमुकाम मान्ममा ब्यामिन्टन प्रतीयोगीता हुने भएको छ । नवगठीत समितिले असोज ७ गतेदेखी ९ गते सम्म मान्मको कवडहलमा ब्याटमिन्टन प्रतीयोगीता हुने जानकारी दीयको छ ।
समितिका अध्यक्ष भरत राज विस्टका अनुसार कालीकोटमा अहिले सम्म जेजति खेलकुद भयपनि अहिले सम्म ब्याटमिन्टन खेल भएको छैन । खेल क्षेत्रको विकासका लागी पहिलो पटक यस्तो खेलको आयोजगाा गर्न लागीयको विस्टले बताउननु भयो । कुनै पनि मानीसमा यकै किसीमको कला एकै ब्यक्तीत्वमा हुदैन । फरक फरक कला सबै सँग हुने हुँदा कालीकोटमा पहिलो पटक ब्याटमीन्टन प्रतीयोगीताको अयोजना गर्न लागीयको विस्टले बताउनु भयो । प्रतीयोगीता सफल पार्नका लागि सबैको सहयोग र अपेक्षा गरेको बताउनु भयो ।
प्रतीयोगीतामा प्रथम हुनेलाई खसि पुरस्कार, दृतीय हुनेलाई ३ वटा अर्गानीक भाले,तृतीय हुनेलाई २ अर्गानीक भाले र सान्तवना हुनेलाई १ क्यारेट लोकल कुखुराको अण्डार पुरस्कार रहेको आयोजकले जनायको छ ।



Comments