full screen background image
Search

रास्कोटको मालिका आधारभुत विद्यालयको ब्यबस्थापन समिति अध्यक्षमा पुन शिक्षा प्रेमी योगी सर्बसहमत चयन ।।

कालीकोट समचारदाता,२०७६ भाद्र,३०

जिल्लाको रास्कोट नगरपालीका वडा नं ३ मा रहेको मालीका आधारभुत विद्यालयको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा पदम नाथ योगी सर्वसहमत चयन हुनु भएको छ । भाद्र १३ गते वसेको अभीभावक भेलाले आज योगीलाई सर्बसहमत अध्यक्षमा पुन चयन गरेको हो । नीर्वाचीत भएका सदस्यहरु र मनोनीत भएका सदस्यको संयूक्त समीतीका जेस्ठ सदस्य पदम नाथ योगीको अध्यक्षतमा सोमवार बसेको बैठकले सर्वसहमतीवाट शिक्षा प्रेमी योगीलाई विद्यालय ब्यबस्थापन समीतीको अध्यक्षमा पुन थप कार्यकालका लागी नीयूक्त गरेको छ ।

कालिकोट जिल्ला रास्कोट नगरपालिका ३ निबासी कालिकोट जिल्लाका संस्थापक शैक्षिक बिकासका अभियान्ता शिक्षा प्रेमी बडिमालिका मा.बि.मा समेत पटक पटक अध्यक्ष भै कार्य सम्पन्न गरि सक्नु भएका जेष्ठ नागरिक संजालका अध्यक्ष ९० बर्षिय पदम नाथ योगी पुन मालिका आधारभुत बिध्यालय कोली्गाउँ कालिकोटका अध्यक्षमा निर्बाचित हुनु भएको हाे ।
विद्यालय ब्यबस्थापन समीतीको अध्यक्षमा पुन नीयूक्त भएपछि शिक्षा प्रेमी योेगीले विगतमा आफुले गरेको त्याग र तपस्याको फल आज समाजवाट पाइरहेको बताउनु भयो । शिक्षाको लागी यूवा अवस्था देखि ९० बर्ष पुगीसक्दा पनि आफु बृद्ध छु भन्ने महसुस नगरेको बताउनु भयो । विगतमा पनि जिल्ला शिक्षा समीतीमा प्रवेस गरेर शिक्षाको लागी जोड दीदै आएको उल्लेख गर्नुभयो । शिक्षा समीतीमा प्रबेस गरेर धेरै शीक्षकहरुलाई स्थाई गर्न समेत सफल भएको बताउनु भयो ।
शिक्षा क्षेत्रमा मात्र नभएर जिल्लाको समग्र विकासका लागी राजाको पालामा पनि कालीकोटको विकासका लागी काठमाडौ राजदरवार धायर कालीकोटको विकासमा उल्लेखनीय सहयोग गरेको बताउनु भयो । मालीका आधारभुत विद्यालको विकास नीर्माण , गुणस्तरीय शिक्षाका लागी आफुले कुनै कसुर वाकी नराखी काम गरेको बताउदै अझै पनि ९० बर्षको उमेरमा पनि शिक्षाका लागी सहयोग गर्न र विभीन्न स्थानमा धाउन आफु कमजोर नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, हामीले विद्यालय भन्ने कुरा सुनेका मात्र थीयौ जुम्लामा छ भन्ने, जुम्लामा नै पुगेर आफुले कालीकोट जिल्लामा शिक्षाको पाइला टेकाउन सफल भएको बताउनु भयो । आज वडा वडा टोल टोलमा विद्यालय छन । गरिवका छोराछोरीले पनि नीसुल्क रुपमा विद्यालय पढ्न पायका छन । म यसैमा खुसी भएको छु । उहाँले भन्नुभया,े मैले मालीका आधारभुत विद्यालयको मात्र हैन वडीमालीका मावि माेतीराम माविमा पनि विगतमा विब्यस अध्यक्ष रही गरेका कामहरु अहीलेका पुस्ताका लागी चीनो वनेका छन ।
उहाँले मालीका आधारभुत विद्यालय स्थापना काल देखी नै आफुले यस विद्यालयको भौतीक निर्माण,गुणस्तरिय शिक्षा, शीक्षामा नागरीकको पहँुच,गरिब,निमुखा,दलीतका छोराछोरीलाई विद्यालय सम्म पुगाउन विभीन्न प्रयास गरि आज गाउँ नै शिक्षीत बनाउन सफल भएको बताउनु भयो ।
मालीका आधारभुत विद्यालय ब्यबस्थापन समीतीको अधयक्षमा सर्बसहत चयन गरि पुन अध्यक्ष वनायको भन्दै वडा नं ३ का सम्पुर्ण अभीभावक,राजनीतीक दल, शिक्षा प्रेमी, वुद्धीजिवी लगायतलाई धन्यवाद समेत ब्यक्त गर्नुभयको छ ।
रास्कोट नगरपालीकाका जेस्ठ नागरीक संजालका अध्यक्ष समेत रहनुभएका योगीले आफुले शिक्षा क्षेत्रमा मात्र नभएर समग्र क्षेत्रको विकासका लागी काम गरिरहेको बताउनु भयो । अध्यक्ष योगीले विद्यालय नीर्माणका लागी र संचालनका लागी आफ्नो नाममा रहेको जग्गा समेत पटक पटक नीसुल्क विद्यालयको नाममा गर्दै आउनु भएको छ ।