full screen background image
Search

खाँडाचक्र नरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिका लागी संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धि ३ दिने तालिम सम्पन्न ।

कालिकोट समाचार दाता २०७६ भदौ २०


निर्वाचित महिला जनप्रतिनिधिका लागी संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धि ३ दिने तालिम शुक्रवार खाडाचक्र नगरपालीकामा सम्पन्न भएको छ । खाँडाचक्र नगर उप प्रमुख विजया विष्टको अध्यक्षता,हेल्भेटास नेपालका जिल्ला संयोजक तथा सुशासनविज्ञ लेखनाथ खरेलको आतिथ्यता, तालिमका मुख्य प्रशिक्षक,पत्रकार तथा सुशासन अभियान्ता कालीवहादुर मल्ल नेपाल पत्रकार महाँसंघका जिल्ला उपाध्यक्ष नमराज योगीको आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

महिलाहरुको क्षमता अभिबृद्धि तालिमको समापन कार्यक्रमका सभाअध्यक्ष तथा नगरपालीका उप प्रमुख विजया विष्टले संघियता, संबैधानिक अधिकार, सुचनाको हक,सुशासन र लैगिंक हिंसा, विभेद, छुवाछुत, नगरपालीकाको काम कर्तव्य, अधिकार, वडा कार्यलयको काम कर्तव्य र अधिकार लगाएतका विषयमा ३ दिन सम्म छलफल दर्गा हामिहरुलाइ, धेरै कुराको ज्ञान मिलेको नगर उप प्रमुख बिष्टले वताएकि छन । उनले भनिन हामिले तालिममा सिकेका सबैकुराहरु व्यवहारमा उर्तान सकेमा महिलाहरु रुपान्त्रित भएको अनुभव हुने विष्टले बताईन । उनका अनुसार महिला समाजको गहनाहो यो गहनाको क्षमता विकासका लागि यस नगरपालीकाले आवश्यकता अनुसार भरपुर सहयोग गर्न प्रतिवद्धता जनाएकि छन ।

यस्तै हेल्भेटास नेपालका जिल्ला संयोजक तथा सुशासन बिज्ञ लेखनाथ खरेलले महिला सक्षम हुन सक्नुभएन भने घर परिवार, बालबालिका, गाउँ, समाजको विकासमा अबरोध सृजना हुने भएकाले सबैभन्दा पहिले महिला सक्षम हुनुप्रर्ने वताए । यो तालिम मुख्य गरि महिला जनप्रतिनिधि र साषतजक रुपान्त्रणकालागी अग्रसर हुने महिलाको क्षमताविकासकय लागी तालिमको अयखभेजना गरेको वताए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशिक्षक कालीवहादुर मल्ललले सुशासन सम्बन्धिको तालिम महिला लक्षित मात्र गरेको छ । समाजमा महिला हिंसाका थुप्रै घटनाहरु घटिरहने,महिलाहरुलाई हरेक क्षेत्रमा कम प्रतिनिधित्व गर्ने,महिला परनिर्भरमात्र छन भनेर बुझिरहेकाले समाज संग सुशासन,लैगिंक समानता लागएतका विषहरुको ज्ञान प्रदान गर्दै अगाडि वढाउन खोजिएको वताए । तालिमको समापनका क्रममा महिला सन्जालको तर्फवाट बोल्दै कृष्णा शाहीले हामिले ३ दिन सम्म सबैभन्दा पहिलो कुरा आफ्नो व्यवहार परिर्वतन,समाजको सास्कृतिकरुपमा रहेको छुवाछुत,महिला हिंसाको अन्ते गर्न महिला नै जागरुक हुनुपर्ने बताईन । उनले भनिन यो तालीममा आफुहरुले स्थानिय सरकार संन्चालन, ऐन, सुचनाको हक, पैरवि, महिलाका हक र अधिकार लगायतका विषयमा धेरैकुराको ज्ञान प्राप्त भएको वताईन । समापन कार्यक्रमको संचालन पेरणा विष्टले गरेकि हुन ।



Comments