full screen background image
Search

कर्णाली प्रदेशको शान्ति सुरक्षामा प्रविधियुक्त सुरक्षा प्रर्णालि लागु गर्ने प्र.ना.म.नि. जोशीको भनाइ ।

कालिकोट २०७६। भदौ १९

 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्र.ना.म.नि. पूर्णचन्द्र जोशी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका राजनैतिक दलका प्रमुखहरु, स्थानिय निकायका प्रमुखहरु, उद्योगपति, व्यापारी, भद्रभलादमी र पत्रकारहरु संग अन्तक्रिया कार्यक्रमकालिकोटको शान्ती सुरक्षाको स्थिति जानकारी लिई कार्यालयको निरीक्षण

कालिकोटको शान्ति सुरक्षाको अबस्था विस्लेशणका लागी कालीकोट पुग्नुभएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्र।ना।म।नि। पूर्णचन्द्र जोशी जिल्ला प्रहरी कार्यालय कालीकोट द्धारा स्वागत गरेको हो । प्र.ना.म.नि जोसिले जिल्ला प्रहरीकार्यालय कालिकोट अनुगमन गर्दै कालीकोट जिल्ला सम्बेदन सिल

जिल्लाकोरुपमा चिनियकाले कालिकोटका ९ वटै स्थानिय तहकोे शान्ति सुरक्षा र अमन चयनका लागी शक्रियभएर स्थानियको साथमा प्रभावकारि काम गर्न निर्देशन दिए । समुदाय प्रहरि साझेदारी कार्यक्रम अन्तरगक विहिवार दिउसो राजनैतिक दल, स्थानिय निकायका प्रमुखहरु, उद्योगपति, व्यापारी, भद्रभलादमी र पत्रकारहरु संग अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा

सहभागिहरुले कालिकोट १० वर्षे जनयुद्धमा थिचोलिएको कालिकोटमा अझैपनि शान्ती र सुरक्षित वातावरणमा वस्न पाउने वातावरण नभएकाले शान्ति सुरक्षामा वढि जोड दिन आग्रह गरेका छन ।
शान्ति सुरुक्षा विषयक अन्तरक्रिया कार्यक्रममा रहनु भएका जोशिलाइ यँहाका नागरिकहरुले आर्थिक, सामाजिक,सांस्कृतिक र प्रयटकिय क्षेत्रको हिसावमा अव्वल हुँदाहुदै पनि यस्ता क्षेत्रमा देखिएका विकृतिहरुको विषयमा गुनासो पनि गरेका छन ।
कार्यक्रममा नेकपाका पाटि सचिव नगेन्द शाहि नेष्नलले, कर्णाली राजमार्गका विभिन्न ठाँउमा सवारि साधन चेकजाँचमा फितलो भएको भन्दै यसलाई कडा गरिनु पर्ने बताए । राजमार्गमा सवारि चेकजाँच साधन फितलो हुँदा राति मधिरा सेवनगरि सवारि चलाई दुर्घटनाको दर बढेको भन्दै, राजमार्गका प्रहरि चेकपोष्टमा कडाई गरिनु पर्ने बताए ।
नेपालि कयंग्रेस कालिकोटका सभापति हर्ष बहादुर बमले कर्णाली राजमार्ग निर्माण भएको १४ वर्ष सम्म पनि राजमार्गमा ट्राफिक चिन्ह नराखिदा सवारि दुर्घटना बढ्दै गएको बताए ।
उनले शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिल्लाका ३० वटा प्रहरि चौकिले धान्न नसक्ने भन्दै केहि क्षेत्रमा थप प्रहरि चौकि स्थापना हुनु पर्ने बताए ।
प्रहरिको काम अपराधीलाइ समात्ने मात्र नभई अपराध निन्त्रण गनु भएकाले जन स्थर सम्म साझेदारि कार्यक्रम पुराउन बलमे आग्रह गरे ।
नागरिकको गुनासोको जभाव दिदै प्रहरि महानिरिक्षक जोसिले, शान्त सुरक्षित, र सम्मुनत कर्णाली प्रदेश निर्माणमा प्रविधियुक्तसुरक्षा प्रणलि लागु गर्ने बताए।उनले,कालिकोटमा अझै पनि राज्य विरोधि गतिविधि चाल्ने गिरोहलाइ मुलधारमा ल्याउन आवश्यक रहेको बताए। कर्णाली अंचलका अरु जिल्ला भन्दा कालिकोट १० वर्षे दन्दको पिडा होस या भौगोलिक रुपमा पनि पछाडि परेकाले,सुझावलाई सम्वोधन गर्ने आश्वसन दिए ।



Comments