full screen background image
Search

अपराध अनुसन्धानमा सत्ता र दलको दवापमा नपर्न प्रहरी प्रमुखलाई सहभागिको सुझाव । नव आगन्तुक डिएसपीद्धारा परिचयात्मक कार्यक्रम सम्पन्न ।

कालीकोट भदौ १८।२०७६

जिल्ला प्रहरी कार्यालय कालिकोटमा भर्खरै सरुवा भइ आउनुभएका जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामवाबु वलियाले जिल्लाका सरोकारवालाहरुसँगको परिचयात्मक कार्यक्रम राखेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बुधबार मान्ममा राखिएको परिचयात्मक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले अपराध अनुसन्धानमा प्रहरी सक्षम रहेकाले प्रहरीप्रति कसैले संका गर्ने ठाउँ नरेको वताउनुभयो ।
नेपाली कांग्रेस कालिकोटका सभापती हर्षबहादुर बमले समाजको विकृति विसंगतिको अन्त्यका लागि प्रहरीले कसैको दवावमा नरएर निर्भिकताकासाथ अगाडी वढ्न सुझाव दिनुभयो । साथै सभापति बमले जिल्लामा सुशासन कायम गर्नका लागि कुनै पार्टी र सत्ताको दवावमा नरहन आग्रह गर्नुभयो
यस्तै संचार उद्यमि तथा रेडियो नेपाली आवाज एफएमका अध्यक्ष अशोकनाथ योगीले नागरिकको सुरक्षाको प्रत्याभुत गर्न र सुशासन कायम गर्न हाम्रो कालिकोट,राम्रो कालिकोटको अबधारणाको आधारमा प्रहरी प्रसाशन लाग्नु पर्नेमा जोड दिनुभयो ।
साथै कार्यक्रममा इन्ेस प्रतिनिधि एवम पत्रकार कालीवहादुर मल्लले प्रहरी प्रसाशन सूचना तथा सञ्चरमैत्री भएमा मात्र जिल्लामा शान्ति सुरक्षा कायम हुन सक्ने वताउनुभयो ।
कार्यत्रमको समापन गर्दै प्रहरी प्रमुख वलियाले स्थानीयको सहयोग र समर्थनमा जस्तोसुकै चुनौति मोलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रहरिलाई स्वतन्त्ररुपमा काम गर्न दिए,प्रहरिको अनुसन्धानवाट दोसिलाई दोसि र निर्दोसलाई निर्दोस नै हामिले सावित गर्न सक्छौ । तर हाल सम्मको सस्कार प्रहरि प्रशासनलाई दवापमा कामगर्न वाध्य वनाईनुले सत्यतथ्य पत्ता लगाउन गारो पर्ने डिएसपी वलियाले वताउनु भयो ।
परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल,खाडाचक्र नगरपालिका उप प्रमुख विजया विष्ट,नेपाल मज्दुर किसान पाटिका केन्द्रिय सदस्य नन्दबहादुर शाही,राष्टिय प्रजातन्त्र पाटिका केन्द्रि सदस्य धनबहादुर बुढा,नेपाली कांग्रेस कालिकोटका पाटि प्रबक्ता नगेन्द्रबहादुर विष्ट,लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थिया ।



Comments