full screen background image
Search

निर्वाचित महिला जनप्रतिनिधिका लागी संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धि ३ दिने तालिमको उद्धघाटन ।

कालीकोट भदौ १८।२०७६


निर्वाचित महिला जनप्रतिनिधिका लागी संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धि ३ दिने तालिमको खाडाचक्र नगरपालीकामा बुधबार एक कार्यक्रमका विच उद्धघाटन गरियको छ ।
खाँडाचक्र नगर उपप्रमुख विजया विष्टको अध्यक्षता,नगर प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता,हेल्भेटास नेपालका जिल्ला संयोजक तथा सुशासनविज्ञ लेखनाथ खरेलको आतिथ्यता,तालिमका मुख्य प्रशिक्षक पत्रकार तथा सुशासन अभियान्ता कालीवहादुर मल्ल र पत्रकार नमराज योगीको आतिथ्यतामा तालिमको उद्धघाटन गरिएको हो ।
क्षमता अभिबृद्धि तालिमको उद्घाटनका गर्दै कार्यक्रमका प्रमुख अतिथी खाडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धिको ३ दिने तालिम महत्वपुर्ण रहेकोले यस तालिममा सिकेका सबैकुराहरु सहभागिले व्यवहारमा उर्तानुपर्ने धारणा राख्नुभयो । साथै उहाँले महिला समाजको गहना हो यो गहनाको क्षमता विकासका लागि यस नगरपालीकाले आवश्यकता अनुसार भरपुर सहयोग गर्न प्रतिवद्धता जनाउनुभयो ।
नगरपालिकामा रहेका महिलाको हित र क्षमता विकास सम्वन्धिका कार्यकक्रमहरुलाई प्रथामिकता दिदैआएको वताउनु भयो । तर मेयर पाण्डेले महिला सक्षम हुन सक्नुभएन भने घर परिवार,बालबालिका,गाउँ,समाजको विकासमा अबरोध सृजना हुने भएकाले सबैभन्दा पहिले महिला सक्षम हुनुप्रर्ने वताउनु भयो ।
यस्तै कार्यक्रमका सभाअध्यक्ष तथा नगरपालिका उप प्रमुख जिवया विष्टले सुशासन र सामाजिक रुपान्त्रणका लागि महिलाहरु सक्षम हुनु पर्नेमा जोड दिनुभयो । साथै उप्रमुख विष्टले हामि महिलाहरु अरुलाई मात्र दोष लगाउने नभएर अफै सक्षम भएर सुशासनका लागि लाग्नु पर्ने वताउनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशिक्षक कालीवहादुर मल्ललले सुशासन सम्बन्धिको तालिम महिला लक्षित मात्र गरेको छ । समाजमा महिला हिंसाका थुप्रै घटनाहरु घटिरहने,महिलाहरुलाई हरेक क्षेत्रमा कम प्रतिनिधित्व गर्ने,महिला परनिर्भर मात्र छन भनेर बुझिरहेकाले समाज संग सुशासन,लैगिंक समानता लागएतका विषहरुको ज्ञान प्रदान गर्दै अगाडि वढाउन खोजिएको वताउनु भयो ।



Comments