full screen background image
Search

शिक्षाका लागी रास्टिय अभियान जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्ला अबिधेसन सोमबार सम्पन्न ।। सहकारी सर्ब सहमत संयोजकमा चयन ।

कालीकोट समाचार दाता
२०७६ भाद्र १०
शिक्षाका लागी रास्टिय अभियान जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्ला अबिधेसन सोमबार मान्ममा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक तुलाराम पाण्डेको अध्यक्षतामा, शिक्षाका लागी रास्टिय अभियानका केन्द्रिय सदस्य टिकाराम आचार्यको प्रमुख आतिथ्यता,शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख महेशदत्त देब्कोटाको बिशेस आतिथ्यता, नेपाल पत्रकार महाँसंघका जिल्ला शाखा कालीकोटका उपाध्यक्ष नमराज योगी लगायतका पदाधिकारीहरुको आतिथ्यतामा अबिधेसन सम्पन्न भएको छ । अधिबेसन उद्धघाटन कार्यक्रममा समग्र देशको शिक्षा क्षेत्रको विकास र प्रभावकारीताको लागी समन्वय सहकार्यका लागी यो समितिले एड्भोकेसी गर्ने उदेस्यका साथ जिल्ला देखी केन्द्र सम्म समन्वय समितिको गठन भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कोषाध्यक्ष किस्नकला पाण्डेले स्वागत तथा कार्यक्रमको उदेस्यका बारेमा जान्कारी गराएकि हुन । यसैगरि समितिका संयोजक तथा कार्यक्रमका सभा अध्यक्ष तुलाराम पाण्डेले हाल सम्मको प्रगति प्रतिवेदन तथा शिक्षाका लागी रास्टिय अभियानले कालीकोटमा गरेका र गर्ने विभिन्न कार्यक्रमका वारेमा प्रस्ट्याका थिय । पाण्डेले आफ्नो कार्यकालमा कालीकोट जिल्लामा सुरु गरिएको भर्नाअभियानलाई समेत प्रभावकारी वनाउन महत्वपुण भुमिका र्निवाह गरेको वताय । यस्तै कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा कालीकोटका उपाध्यक्ष नमराज योगी र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख महेशदत्त देब्कोटाले शिक्षा क्षेत्रमा भएको क्षेति कमगर्र्न,शैक्षिक क्षेत्रको विकास र गुणस्तरीयता कायम गर्नकालागी यो समितिले स्थानिय सरकारसंग समन्वय गरेर प्रभावकारी काम संचालन गर्नकालागी सहयोग गर्ने वताए । सामुदायिक विद्यालयहरुको विकास,व्यवस्थापन,विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्न नसक्नुले कालीकोटको शैक्षिक क्षेत्र कम्जोर हुदै गएको समेत वताए ।
तर कार्यक्रमका प्रमुख अतिथी तथा शिक्षाका लागी रास्टिय अभियानका केन्द्रिय सदस्य टिकाराम आचार्यले सामुदायिक विद्यालयहरुको विकास र शिक्षा निति तयारीका लागी आफुहरुले हरेक प्रदेश र केन्द्रमा पहल गरिरहेको वताए । अहिले निजि विद्यालयहरु फस्टाउदै गए तर सामुदायिक विद्यालयहरु कम्जोर हुदै जानुमा सरोकारवालाहरुको ध्यान नपुग्नु र स्थानिय सरकारले भए भरको बजेट सडक निमार्णको नाममा डोजरमा मात्र लगानी गर्ने गरेको आरोप लगाए । उनले भने समाज र देशको विकास भनेको हरेक नागरिक शिक्षीत भएमात्र सम्भव हुने भएकाले अहिलेको स्थानिय,प्रदेश र केन्द्रिय सरकाले शिक्षा क्षेत्रको लागानिको लागी आवस्यक बजेट विनियोजनमा ध्यान दिनुपर्ने र सरोकारवाला निकायले अनुगमनको पाटोलाई पनि प्रभावकारीरुपमा अगाडी वढाउनु प्रर्ने आवस्यक्ता रहेको वताए ।
शिक्षाका लागी रास्टय अभियान समन्वय समिति कालीकोटको दोस्रो अभिबेसनले सर्ब सहमतिका आधारमा राजेन्द्र ब.सहकारी संयोजक,पवित्रा जैसि कोषाध्यक्ष र अजय गिरि सदस्य सचिब र अन्य पदाधिकारी सदस्य रहने गरि नयाँ कार्यसमितिको चयन गर्दै अबिधेसन मान्ममा सम्पन्न भएको छ । केन्दिय्र प्रतिनिधिका लागी भने तुलाराम पाण्डे र दिलु वमलाई चयन गर्र्दै अधिबेसन सम्पन्न भएको छ ।



Comments