full screen background image
Search

गाँउमै एग्रोभेट सञ्चालन भएपछि स्थानीय कृषक हर्सित !

3

कालीवहादुर मल्ल
कालिकोट असार २६/साविकको पाँखा गाविस –४, हाल खाँडाचक्र नगरपालिका वडा नंम्वर–८ दशला गाँउमा पहिलो कृषि एग्रोभेट सञ्चालन भएपछि स्थानीय कृषकहरु खुसि भएका छन ।  प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगन जिल्ला कृषि विकास कार्यालय कालिकोटको सहयोग र आफ्नो ब्याक्तिगत लगानीमा तिलाचुलि कृषक समूहका अध्यक्ष देवकला आचार्यले दशला एग्रोभेट सेन्टर स्थापना गरेपछिकृषि सेवा गाउमै पुगेको भन्दै गाउले किसानहरु हर्सित  भएका हुन ।

व्यवसायीक कृषि तथा पकेट विकास समितिका अध्यक्ष समेत रेहेकी देवकला आचार्यको अध्यक्षतामा तथा खाँडाचक्र नगरकार्यपालिकाका सदस्य रुपसिगे सार्कीको प्रमुख आतिथ्यतामा दशला एग्रोभेटको आइतवार उदघाटन भएको थियो । एग्रोभेट उदघाटन कार्यक्रममा उपस्थित स्थानीय अगुवा कृषकहरुले कृषि परामर्श,स्थानीय तथा उन्नत जातका तरकारी,दलहन,फलफूल,धान,गहु लगाएतको विउ विजन,प्रांगारिक मल,जैविक विसादी गाउमै उपलव्ध हुनेभए भएपछि खुसि व्यक्त गरेका थिए ।

“तरकारीको विउ मल,कृषि औजार आवश्यक परेमा हजारौ खर्च  गरेर सदरमुकाम पुग्नु पर्दथ्यो अव एस्तो सेवा घर नजिकै आउदा ज्यादै खुसि लागेको छ” – स्थानीय कृषक नमराज मल्लले भने । ‘गाँउमै एग्रोभेट सञ्चालन हुदा किसानहरु सजिलो भएको र एसले गर्दा व्यवसायीक किसानहरुमा थप उर्जा पैदा भएको छ’ –उनले थपे । गाँउमा सुरु गरिएको एग्रोभेटमा तरकारी,फलफूलको विउ, स्थानीय तथा रैथाने वालि, दाल, मसला वालिका विउविजन, पोलिहाउस, कृषि औजार, प्रांगारिक मल, जैविक विषादी कृषि परामर्श सेवा समेत उपलब्ध गराइने भएको छ ।

गाँउ–गाँउमा एग्रोभेटहरु स्थापना नगरेसम्म कृषि क्षेत्रको विकास हुन नसक्ने ठानेर प्रधानमन्त्री कृषि आधुनीकिकरण कार्यक्रम परियोजना अन्तरग गाँउमा एग्रोभेट स्थापनाको कार्यक्रम वनाइएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख सुनिल सिंह वताउछन । यस परियोजना अन्तरगत कालिकोट जिल्लाका चारवटा गाँउमा एग्रोभेट स्थापना गरिएको छ भने विभिन्न स्थानमा कस्टम हाइरिङ सेन्टर,तालिम केन्द्र स्थापना गरिएको छ भने स्याउ,मकै र फापर जोन समेत घोषणा गरि कार्यक्रम सञ्चालन गरिएको छ  ।



Comments