full screen background image
Search

एनआईसिको ८२ औ शाखा कालिकोटमा

nic bainkमनिराज पाण्डे
कालिकोट/एनआईसि एसिया बैकको ८२ औ शाखा कालिकोटमा स्थापना भएको छ । यो लगायत कालिकोटमा बैक संख्या ५ पुगेको छ । बैकको उद्घाटन खाडाचक्र नगरपालिकाका मेहेर जसी प्रसाद पाण्डे र उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीले संयुक्त रुपमा गरेका छन् । ग्वलोवल आई एमई बैक, सानीमा बैक र टुरीजम् डिप्लपमेन्ट बैक कर्णाली राजमार्ग संचालन पछि थपिएका हुन् भने राष्ट्रिय बाणिज्य बैक जिल्ला स्थापना काल देखि संचालनमा छ । एन आई सि एसिया बैक डोल्पा र हुम्ला बाहेकका ७३ जिल्लामा संचालित छ ।

बैकले ग्राहकको माग अनुसार सेवा प्रवाह गर्ने एन आई सि एसिया बैक क्षेत्रीय कार्यालय नेपालगंजका प्रवन्धक तेजराज तिमिलसिनाले बताए । बैकले ब्यवसाय संचालनका लागि साना तथा ठुला कर्जाहरु प्रवाह र बचत कार्यमा जोड दिने बताइएको छ । बैकले एक महिना भित्र एटिएम सुबिधा समेत प्रदान गर्ने छ । बैकले ब्यवसाय तथा उद्योग धन्दा संचालनमा महत्वपुर्ण सहयोग पुर्याउने मेहेर जसीप्रसाद पाण्डेले बताए ।



Comments