full screen background image
Search

खाध्य पदार्थमा विषाधीको बढ्दो प्रयोग प्रति कफाग चिन्तित

kaphagदलसिंह गिरी
असार १० कालिकोट/फलफूल तथा तरकारी जन्य खाध्यबस्तुमा बढ्दो विषाधी प्रयोग प्रति कर्नाली कृषि तथा खाध्य सरोकार समुह (कफाग) चिन्तित भएको छ । फलफूल तथा तरकारीबाली किराज्य जिवको संक्रमणबाट जोगाउन तथा चाडो फस्ताउन कृषक एवं ब्यापारीले प्रयोग गर्ने रसायन जन्य विषाधीले मानिसको सरिरमा प्रत्यक्ष असर पारेको भन्दै यसको प्रयोग प्रति कफाग चिन्तित भएको हो ।

अहिले पछिल्लो चरण कालिकोटका ग्रामिण स्तर सम्म प्रसस्त पाइने विषाधीजन्य खाध्य पदार्थले उपभोक्ताहरुको स्वास्थ्यमा पार्ने नकरात्मक असर प्रति चिन्तित हुदै यसको न्यूनिकरण तथा रोकथामका लागि छलफल अगाडी बढाएको छ । जिल्ला बाहिरबाट भित्रिने तरकारी तथा फलफूलमा मात्र नभै जिल्ला भित्रै उत्पादन हुने तरकारी तथा फलफूलमा समेत कृषिकहरुले रसायनयुक्त विषाधी प्रयोग गरी उपभोक्तालाई बेच्ने गरेको भन्दै कफाग कालिकोटका संयोजक कालिबहादुर मल्लको संयोजकत्वमा शनिवार बसेको बैठकले यस्तो कृयाकलाप रोक्न चरणवद्ध अभियान संचालन गर्ने निर्णय गरेको छ ।

खेतबारीमा समेत झारनाशक, किरानाशक औषधीको नाममा विषाधी प्रयोग गरी माटोको उर्भराशक्ति ह्रासहुदै गएका कारण स्थानीय स्तरमा परापूर्वकाल देखि खेति गरिदै आइरहेका रैथानेबालीको उत्पादनमा समेत ह्रासआई लोभ हुने अवस्थामा रहेको बैठकमा जनाईएको छ । रैथानेबालीको संरक्षण तथा प्रवर्धन गर्न चुनौती थपिएको भन्दै यस्तो विकृतिका रुपमा बढिरहेको रसायनिक विषादी तथा मल प्रयोग न्यूनिकरण गरी जिल्लालाई विषाधी मुक्त जिल्ला घोषणा गर्न सरोकारवाला पहल गर्ने निर्णय गरिको छ ।

जिल्लाका सरोकारवाला, कृषि विकास कार्यालय, गाउपालिका नगरपालिका, कृषि संग सम्बन्धित सहकारी संस्था अगुवा कृषक लगायतलाई जैविक मल तथा जैविक विषादी उत्पादन गर्ने अभियान अगाडी बढाउन दवाब मुलक अनुरोध गर्दे निर्णय समेत गरिएको छ । यस्तै वैठकले २०७४ असाढ २५ भित्र स्थानीय तहका प्रतिनिधि जिल्लाका सरोकारवाला संग कर्नालीमा कृषिका सवाल तथा अर्गानिक उत्पादन विषयक जिल्ला स्तरीय अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गरी थप अभियान तयगर्ने निर्णय गरी बैठक सम्पन्न भएको छ ।



Comments