full screen background image
Search

खाँडाचक्र नगरपालिका पाँच बर्षमा छाउपडी प्रथा मुक्त हुने

mahinawariमनिराज पाण्डे
जेठ १५, २०७४ कालिकोट/ खाँडाचक्र नगरपालिका पाँच बर्षमा छाउपडी प्रथा मुक्त नगरपालिका हुने भएको छ । महिनावारी स्वच्छता दिवसको अवसरका खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले सो बताएका हुन् ।

नगर प्रमुख पाण्डेले छाउपडी प्रथा अन्त्यका लागि गाउँ गाउँमा जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र त्यसरी पनि परिर्वतन हुन नचाहेमा नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधा समेत रोक्का गर्ने बताए । कार्यक्रमा रास्कोट नगरपालिका प्रमुख काशीचन्द बरालले जनताहरु संग समन्वय र सहकार्य गर्दै उनीहरुका आनीबानिमा परिर्वतन गरेर छाउपडी प्रथा अन्त्य गर्ने बताए ।

र्याली पछिको कोण सभामा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले महिलाका लागि सेनिटरी प्याट बितरण गरेको थियो । कार्यक्रममा स्थानीय महिला, कार्यालय प्रमुख र सरोकारवाला निकायको सहभागिता रहेको थियो । किर्डाक नेपाल, साहस नेपाल, किशोरीहरुका दिन नेपाल र बि गुप कालिकोटको सहयोगमा जिल्ला समन्वय समिति कालिकोट र महिला तथा बालबालिका कार्यालय कालिकोटले कार्यक्रमको आयोजना गरेका हुन् । सुदुर तथा मध्यपश्चिमा अञ्चल विकास क्षेत्रमा छाउपडी प्रथा ब्याप्त छ ।



Comments