full screen background image
Search

टंक बुढाथोकीको ”होलीमा होलीमा” [भिडियो सहित]

Thumहोली नेपालीहरूको प्रमुख चाड मानिन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
यसैविच होलि पर्ब नजिकिदै गर्दा विभिन्न म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी छ । यसैमध्ये पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकीको सुमधुर आवाज रहेको होलीमा होलीमा बोलको गीत तथा भिडियो सार्वजनिम भएको छ । रचनाकार उषा किरन अधिकारीको शब्दमा तयार गीतमा गायक स्वयं टंक बुढाथोकीकै अब्बल संगीत रहेको छ ।
यस गीतको भिडियोलाई  समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा नायक तथा निर्देशक शोभित बस्नेत नायक सबिन श्रेष्ठका साथमा अन्य कलाकारलाई देख्न सकिन्छ । भिडियोमा कोरियोग्राफी बिस्वानाथ राजबंशी, छायांकन रामेश्वर कार्कीको रहेको छ भने सम्पादन बिकाश धमलाको रहेको छ ।


Comments