full screen background image
Search

जापानको यामागुची केनमा जापान नेपाली एकता समाज क्षेत्रीय अध्यक्षमा के सी

japan nepal yakata samajमेघराज रिष्मेली

फागुन ११, २०७३ जापान/जापान नेपाली एकता समाजले आफ्नो संगठन बिस्तारको क्रममा यामागुची क्षेत्रीय भेला नमस्ते इन्डियन रेष्टुरेन्ट उबे मा बिशाल के .सी. को अध्यक्षतामा १७ सदस्यीय कार्य समिति र २ जनाको सल्लाहकार समिति चयन गरेको छ । उक्त भेला केशव जि .सी.को सभापतित्व बिपिन कंडेलको संचालनमा भएको थियो ।

बिभिन्न ज्ञात अज्ञात शहीदहरू प्रति मौनधारण गरी स्वागत मन्तब्य कमला गैरेले गर्नु भएको थियो भने मन्तब्य राख्ने क्रममा स्थानीय क्षेत्रकै साथीहरू भबिन्द्र कंडेल ,यदुमणि कंडेलले संगठनको सुदृढिकरणमा जोड़ दिदैं सम्पूर्ण जापान बासी नेपालीलाई एकता समाजमा एकाकार हुन अपील गर्नु भएको थियो । जा  पान नेपाली एकता समाज केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष भिम के.सी.सो भेलाको प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथिका तर्फबाट नब निर्बाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिनुभयो ।मन्तब्यका क्रममा श्री के.सी. ले संगठनको अनुसासन र समसामयिक बिषयमा सटिक प्रकाश पार्नु भएको थियो । भेलाको सफलताको कामना गर्ने क्रममा जापान नेपाली एकता समाज ह्योगो क्षेत्रीय समितिका अध्यक्ष हेमलाल गौतमले देशको वर्तमान अबस्था, राष्ट्र र राष्ट्रियताको रक्षार्थ र संघियताका बिरूद्ध संसारभरीबाट आबाज बुलन्द गर्नुपर्ने कुरामा जोड दिनुभयो । सरकारले हालै मात्र घोषणा गरेको स्थानीय तहको निर्वाचनको कदमको स्वागत गरे पनि त्यसलाई बिफल पार्न हरतरहले लाग्ने शक्तिका बिरूद्ध जोडदार संघर्ष गर्न समेत जोड़ दिनुभयो । सो भेलामा सम्बोधनका क्रममा जापानमा हुने हरेक गतिविधि केन्द्रको निर्देशनलाई पालना गरेर जानुपर्ने कुरामा पनि जोड दिनुभयो ।

नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दयाराम कंडेलले दिनुभएको थियो ।उक्त मन्तब्यका क्रममा नेपालमा उच्च सम्मान गर्ने ब्यक्तित्वमा राष्ट्रीय जनमोर्चाका क.चित्र बहादुर के .सी. रहेको कुरा समेत दर्शाउनु भएको थियो । सो भेला बाट चयन भएको कार्यसमितिमा यसप्रकारको नामावली रहेको छ । अध्यक्ष: बिशाल के.सी. उपाध्यक्ष : कमला गैरे सचिव : भविन्द्र कंडेल सह सचिव :केशव जि.सि. कोषाध्यक्ष : ध्रुवराज गैरे सदस्यहरूमा: बिपिन कंडेल खिमा कुमारी कंडेल तिल कुमारी खड्का यदुमणि कंडेल देवी प्रसाद न्युरे जित ब.खत्री नारायण कार्की कमल खतिवडा रामु खत्री झलक कंडेल २ रिक्त पद पछि पूर्ति गर्ने गरी निर्णय गर्यो । उक्त समितिलाई संरक्षकिय सल्लाहका लागि केन्द्रीय बरिष्ठ उपाध्यक्ष क.भिम के.सी.र स्थानीय क्षेत्रबाट दयाराम कंडेल रहने निर्णय समेत गर्यो । अन्तमा सभापतिबाट सभा बिसर्सज भयो ।



Comments