full screen background image
Search

हिमालको १३ औं स्थापना दिवस सम्पन्न

himal sahakariमाघ ९, २०७३ सुर्खेत/हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि . वीरेन्द्रनगर १८ सुर्खेतले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरी सम्पन्न गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहनकालागि विहिबार वीरेन्द्रनगर–१८, तातापानीका  टोल विकास संस्थाहरु सँग समन्वय गरी सरसर्फाइ कार्यक्रम संचालन गरेको छ ।

संस्थाका पधाधिकारी, शेयर सदस्य र टोल विकास संस्थाका सदस्यहरुको सहभागितामा सरसर्फाइ कार्यक्रम संचालन गरिएको थियो । संस्थाका सचिव जीवन शाहीले ग्लोव्स वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए  । सरसफाई कार्यक्रमको क्रममा घर आँगन टोल छरछिमेक सफा राखी स्वस्थ र सभ्य बन्न आव्ह्वान गर्दे विहान ७ बजे बाट  सुरु भएको अभियान १० बजे सम्पन्न्न गरेको थियो  ।

आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उल्लेख्य रुपममा सहभागिता जनाउनु भएको पशुपतिनगर टोलविकास संस्थाका पदाधिकारीहरुर्लाइ सचिव शाहीले धन्यवाद ज्ञापन गर्दै आगामाी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम आयोजनाभएमा हातेमालो गरेर अघि बढ्ने जनाएका थिए । पशुपतिनगर टोलविकास संस्था का अध्यष मीरा कार्की थापाले आफुहरुर्लाइ सहभागिता गराउर आफेनै टोल सर्फाइ गरेकोमा हिमाल बहुउद्देश्यीय सहकारी संंस्था प्रति आभारी रहेको समेत बताएकी छन् ।

यसै बीच संस्थाले आफ्नो कार्यालयमा आयोजना गरेको चियापना कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र केसीले संस्थालाई यहाँ सम्म पुर्याउन सहायोग गर्ने सम्बन्धित सबैमा १३औं स्थापना दिवसको शुभकामना समेत व्यक्त गरेका थिए ।



Comments