full screen background image
Search

प्याज उत्पादनकाे पकेट क्षेत्र बन्दै लालु

laluदलसिंह गिरी

पाैष ११, २०७३/प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजना जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको उपस्थितिमा पकेट क्षेत्रको अवलोकन गरिएको हो ।

मुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता जिल्ला प्रहरी कार्यालय प्रमखु योगन्द्र खड्का, कृषि विकास कार्यालय प्रमुख सुनिल सिंह लगायत सरकारी कार्यालयका प्रमुख प्रतिनिधि राजनैतिकदल पत्रकारहरुको उपस्थितिमा खुलालु क्षेत्रको अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय द्धारा संचालित कृषि गतिविधि सम्बन्धि खुलालुमा संचालित कार्यक्रमहरुको प्रभावकारीता बारे अनुगमन गरिएको हो ।

खुलालुका करिव ७३ घर परिवारहरुलाई लक्षित गरी पकेट क्षेत्रका रुपमा संचालित कृषि कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती, विउ उत्पादन कृषि तथा खाध्य सुरक्षाका लागि कुखुरा पालन जस्ता ब्यवशायक खेती प्रणाली संचालन भैरहेकाले यसको यसको प्रभावकारीताबारे अनुगमन गरिएको कृषि विकास अधिकृत सुनिल सिंहले बताउनु भएको छ । ब्यवशायकरुपमा कृषि खेती संचालनमा आइपरेका समस्याहरुबारे कृषकहरुले राखेका धारणाबारे प्रकाश पार्दै कृषि अधिकृत सिंहले यसका लागि फिल्ड स्तरमा आएका बेला समस्या दर्साउनु भन्दा प्रक्रियागत सहित कार्यालय स्तरमै आएर गुनासो राख्न आग्रह गर्नु भएको छ ।

यस्तै जिल्लामात्र नभै देशका सबै क्षेत्रमा कृषि उत्पादनलाई बृद्धि गरी बैदेशिक रोजगारमा होमीएका युवाहरुलाई स्वदेशमै रोजगार दिने उद्देश्यले नेपाल सरकारले नै कृषि क्षेत्रमा लगानी बढाएकाले सम्पूर्ण युवाहरुले कृषि क्षेत्रमा लाग्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले आग्रह गर्नु भएको छ । राजनैतिक दलको तर्फबाट बोल्दै नेकपा एमाले जिल्ला कार्यसमिति सचिव चित्रसिंह गाउलेले परम्परा गत कृषि प्रणाली अगाल्नु भन्दा आधुनिक तथा ब्यवशायिक कृषि प्रणाली अगालेर अगाडी बढ्न सकेमात्र समुदायको आर्थिक विकास हुने बताउनु भएको छ ।

अगुवा कृषकहरुको तर्फबाट बोल्दै स्थानीय कृषक जसि बिष्टले कृषक दाजुभाईलाई कुनैपनि सरकारी तथा गैर सरकारी निकायले सहयोग गर्नुपरेमा माछा मारेर खान दिने हैन कि माछा मार्ने तरिका सिकाउने हो भने समाजको आर्थिक विकास चाडो फस्टाउने बताएका छन् ।



Comments