full screen background image
Search

कालिकोटमा सक्रिय भन्दा निश्क्रीय सहकारी ४ गुणाले बढी

kali-bahadur-mahataraदलसिंह गिरी
१७ मंसिर २०७३ कालिकोट/जिल्ला सहकारी संघका अध्यक्ष कालिबहादुर महताराले डिभिजन सहकारीमा दर्ता भएका कालिकोटका १ सय ३९ सहकारी मध्ये बढीमा ३० वटा सहकारी मात्र सक्रिय रहेका बताउनु भएको छ । डिभिजन सहकारी कार्यालय जुम्लाको आयोजनामा जिल्ला सदरमुकाम मान्ममा आयोजित एक हप्ते सहकारी तथा लेखा ब्यवस्थापन तालिमको उद्घाटन सत्रमा बोल्दै महताराले यस्तो कुरा बताउनु भएको हो ।

उद्घाटन सत्रमा बोल्दै विगत केही बर्ष पहिले नेपाल सरकारले सहकारीलाई प्रति सहकारी १ लाख अनुदान दिने निर्णय गरेपछि ब्यापक दर्ता भएका १ सय बढी सहकारीहरु अनुदान प्राप्त पछि कुनै काम नगरी निस्कृय रहेको आरोप लगाउनु भएको छ । जिल्लामा संचालित कतिपय सरकारी तथा गैरसरकारी निकायहरुले आफ्नो उद्देश्य प्राप्तीको लागि सहकारी गठन मार्फत आफ्नो कार्यक्रम संचालन गरेको तर कार्यक्रम समाप्ती संगै कतिपय सहकारी निश्कृय रहेको महताराले बताउनु भएको छ ।

डिभिजन सहकारी कार्यालय जुम्लाका प्रमुख जमुना मिश्रको अध्यक्षता, निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालयका प्रमुख सिता थापा मगरले सहकारीका माध्यमबाट निम्न आयश्रोत भएका महिलाहरुले सामुहिक लगानी गरी ब्यवसाय संचालन गरेर आयश्रोतमा बृद्धि गरेको बताउनु भएको छ । यसलाई थप प्रभावकारी गराउन डिभिजन सहकारीले प्रमुख भूमिका खेल्न आग्रह समेत गर्नु भएको छ ।

जिल्ला सदरमुकाम मान्म कालिकोटमा आज बुधवारदेखि संचालन भएको लेखा ब्यवस्थापन, सहकारीको क्षेमता विकास र एक हप्ते सहकारी सिविर संचालन हुने सहकारी डिभिजन कार्यालयका प्रमुख जमुना मिश्रले बताउनु भएको छ । शिविरमा सहकारी दर्ता प्रक्रिया, सहकारी मापदण्ड, लेखा प्रतिवेदन प्रक्रिया, जस्ता विभिन्न विषयमा काम गर्ने सहकारी डिभिजन कार्यालयका प्रमुख मिश्रले बताउनु भएको हो ।



Comments