full screen background image
Search

नेपालीले गरे कोरियामा आत्महत्या

aatmahattyaजेठ ८, सोल। रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका पान्ग्चा ३ भोजपुरका लोक बहादुर राइले आत्महत्या गरेका छन । ४३ बर्षका राइले बिहिबार राति आत्महत्या गरेका हुन् । इपीएसको कार्यकाल सकिन लागेका राइको एक महिना मात्रै भिसा अवधि थियो । उनले काम गरिरहेको कम्पनी गतमहिना छाडेका थिए । उल्सान अन्यांगस्थित सालाको कोठामा बस्दै आएका राइले बिजुलीको तारको पासो लगाई आत्महत्या गरेको किम्हे माइग्रेंन्ट सेन्टरका प्रमुख यज्ञराज सुबेदीले जानकारी दिए ।

भिषा अवधि सकिन लागेको र पुनः कोरिया फर्कन उमेरको हदबन्दिले  नसकिने  हुँदा राईले शरणार्थी भिसा प्रक्रिया सुरु गरेका थिए । शरणार्थी भिषाका लागि असफल भएपश्चात  मानसिक तनावका   कारणले  आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । श्रम सहचारी देबराज ढकालले सोमबार पश्चात शव नेपाल पठाउने जानकारी दिए । राईका २१ वर्षका छोरा, १६ वर्षकी छोरी र श्रीमती छन् । उनको परिवार हाल काठमाण्डौमा बस्दै आएको छ ।



Comments