full screen background image
Search

कोरियाले नेपाली कामदार कोटा घटायाे नेपाली यूवाहरु निरास

image कोरियाले २०१७ का लागि नेपाली कामदारको माग संख्या घटाएको छ । आगामी अषार ४ र ५ गते हुने  सातौ ईपीएस भाषा परीक्षामा  कोरियाले अब ३१ सय नेपाली कामदारलाई पास गराउने भएको छ । ईपीएस  शाखाले  प्रकाशित गरेको  सूचना अनुसार आउदो असार ४ र ५ गते हुने कोरियन भाषा परीक्षाबाट उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तर्फ २ हजार १ सय कोटा छुट्याइएको छ ।

सो कोटा नेपाल र कोरिया सरकारबीच भएको समझदारी अनुसार निर्धारण गरिएको जनाइएको छ ।   परीक्षामा सहभागी हुन चाहनेले  बैशाख १५ देखि १८ गते सम्म ४ दिन भित्र आवेदन दिनुपर्ने जनाइएको छ  ।

परीक्षामा सहभागी हुन चाहनेले  बैशाख १५ देखि १८ गते सम्म ४ दिन भित्र आवेदन दिनुपर्ने जनाइएको छ  । इपिएस शाखाका अधिकृत शोभाखर खनालका अनुसार यस वर्ष कोरियाले कोटा घटाएर पठाएको बताए । उनले नेपालले कोटा निर्धारण नगर्ने भन्दै कोरियाले आफुलाई आवश्यक पर्ने कामदारको संख्या अनुसार माग गर्ने बताए ।

आगामी वर्षका लागि कोटा घटेपछि इपीएस परीक्षाको तयारी गरिरहेका धेरै विद्यार्थीहरुमा निरासा छाएको छ । परीक्षाको तयारी गर्दै गरेका काठमाडौंका बासुदेव घिमिरेले कोटा घटाएपछि पास हुने आसै मरेको बताए । उनले ‘हाम्रो त भाग्य नै छैन’ भन्दै निरासा व्यक्त गरे । कोरियाले नमानेका कारण अहिले असारमै परीक्षा हुने भएको हो ।

suchana



Comments