full screen background image
Search

१९५० को सन्धि पुनरावलोकन गर्न बिज्ञ समुह गठन

nepal bharatकाठमाण्डौ, चैत्र २४/नेपाल भचारतबीचको असमान तथा विभेदकारी सन् १९५० को सन्धि पुनरावलोकन गर्न गृहकार्य सुरु भएको छ । उक्त विषयमा तयारी गर्न परराष्ट्रमन्त्री कमल थापाले भारतका लाचगि पूर्व नेपाली राजदूत भेषबहादुर थापा लगायतसँग छलफल गरेका छन् । कुटनीतिज्ञ भेषबहादुर थापाले सन्धीको पुनरावलोकन तथा समायानुकूल समीक्षा गर्न नेपाल सरकारको तर्फबाट गठन गरिएको एक समूहको संयोजन गरेका छन् । उक्त समूहमा सुर्यनाथ उपाध्याय, निलाम्बर आचार्य, राजन भट्टराई लगायत सदस्य छन् ।

भारतले समेत भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीको संयोजकत्वमा चार सदस्यीय समूह गठन गरेको छ । भारतीय प्रबुद्ध समूहको कार्यालय रक्षा मामिला अध्यन निकाय (आईडीएसए) परिसरमा राखिने भएको छ । समूहमा नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद र नेपाल मामिलाका जानकार डा।महेन्द्र पी लामा तथा प्राध्यापक बीसी उप्रेतीसमेत रहेका छन् ।



Comments