full screen background image
Search

कागतिबाटै माेबाइल चार्ज (भिडियो सहित)

mobail charja(एजेन्सी) मोबाइल प्रयोगकर्ताहरुको लागि एउटा भाइरल भिडियो सार्वजनिक भयो जसलाई धरै अन्तराष्ट्रिय अनलाइन संचार माध्यमहरुले साचो मानेर स्थान दिए तर उक्त भिडियो साचो भने हैन | भिडियोमा कागतिबाट स्मार्ट फोन चार्ज गरेको प्रष्ट देखिएको छ |

भारतीय प्रख्यात अनलाइन पंजाव केशरीले समेत साचो भनेर समाचार बनाएको यो भिडियोमा बिल्कुलै सत्यता नभएको बिज्ञहरुले जनाएका छन् | हुनत यो कुरा हामी आफैले पनि सजिलै परिक्षण गर्न सक्ने कुरा हो | तलको भाइरल भिडियोमा एक साधारण कागतीबाट स्मार्टफोन चार्ज गरियको छ |

तलको भिडियोमा भनिएको छ कि तपाइँले कुनैपनि तरिकाले कागतीको गरि आफ्नो स्मार्ट फोन फोन चार्ज गर्न सक्नु हुन्छ | भिडियो अनुसार सबैभन्दा पहिले तपाइँले एउटा कागतीलाई दुइ टुक्रा बराबर बनाएर काट्नुहोस अनि फेरी चार्जरको टुपिन कगतिमा छिराउनुहोस | अनि आफ्नो मोबाइललाई चार्ज गर्नुहोस् | तपाइँले देख्नुहुनेछ कि तपाइको मोबाइल चार्ज भइरहेको छ | तर सत्य कुरा के हुनसक्छ  भने उक्त चार्जर भित्र पहिले नै साना ब्याट्रीहरु सेट गरिएको छ जसको कारण भिडियोमा कागतीबाट मोबाइल चार्ज भई राखको छ |



Comments