full screen background image
Search

कांग्रेस अष्ट्रेलिया अध्यक्षमा गिरी सर्वसम्मत

krishna-giriअष्ट्रेलिया/नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा  कृष्ण गिरी सर्वसम्मत निर्बाचित भएका छन् । अष्ट्रेलियाको सिड्नी शहरमा भएको तेश्रो अधिवेशनले गिरीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालय जनसम्पर्क बिभागले खटाएका प्रतिनिधि मकाउ नेपाली जनसम्पर्क समितिका अध्यक्ष सुदर्शन थापा मगरको उपस्थितिमा केन्द्रिय कार्यलयले खटाएको अधिवेशन तयारी समितिले कार्य समिति र क्रियाशिल सदस्यहरुसँग को सहकार्यमा अधिवेशन सम्पन्न गराएको हो ।

२० फेब्रोरीमा नै निर्बाचन समितिले निर्बाचनका प्रक्रियाहरु सम्पन्न गराएको थियो भने २१ फेब्रोअरीको कार्यक्रममा निर्बाचन प्रमुख प्रेम सापकोटा र केन्द्रिय प्रतिनिधि थापा मगर ले निर्वाचित अध्यक्ष गिरी लगायत १५ जनाको कार्य समितिलाई प्रमाण पत्र बितरण गर्दै सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै नबनिर्वाचित अध्यक्ष गिरीले नेपाली कांग्रेसका पूवर्प सभापति सुशील कोइरालको निधले अपुरािण्य क्षती पुगेको भन्द शोकको घडीमालाई शक्तिमा बदल्दै नेपाली कांग्रेस अघि बढ्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि महासमिति सदस्य समेत  भएका  गिरीको कार्य समितिका बरिष्ठ उपाध्यक्षमा सुरेश गुरुङ, उपाध्यक्षमा मधुकर गुरुङ, महामन्त्रिमा किरण बराल, सहमहामन्त्रिमा सुदिप मुडवारी, कोषाध्यक्षमा रामजी बस्नेत, पब्लिक रिलेशन अफिसरमा पुर्णनाथ घिमिरे, सदस्यहरुमा गोकुल घिमिरे, थानु शाक्य, तिर्थ लिमिल्शिना, टेकनाथ सापकोटा, श्रवण भट्टराई, रजनी केसी खड्का, राजेश केसी र सुमन बोहोरा रहेका छन्  ।



Comments