full screen background image
Search

दक्षिण कोरियामा नयाँ शक्तिको विशेष भेला

Korea Naya Shaktiदक्षिण कोरिया,/बाबुराम भट्टराई नेत्तृत्वको ‘नयाँ शक्ति नेपाल’प्रति आस्था राख्ने कोरियामा कार्यरत प्रवासी नेपालीहरु ‘नयाँ शक्ति नेपाल -कोरिया’को बिशेष भेलामार्फत पुनर्गठित भएका छन् । राजधानी सोलमा भएको भेलाले विभिन्न विभाग र जिम्मेवारीको हेरफेर गर्दै नयाँ कार्यविभाजन गरेको परिषदका प्रचार प्रमुख राजु श्रीले जानकारी दिए ।

‘नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौं – स्वाधीन समृद्ध र समावेशी नयाँ नेपाल निर्माण गरौं’ भन्ने मूल नाराकासाथ आयोजित विशेष भेलालाई ‘नयाँ शक्ति’ पूर्वि एसिया इन्चार्ज मिलन कान्छा किराँतीले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै कोरियाका लागि नेपालका श्रम सहचारी अनिल गुरुङले कोरियामा सिकेको सीप र कमाएको पुँजीलाई नेपालमा नै लगानी गर्न आग्रह गरे । विशेष भेलाबाट ५१ सदस्यीय नयाँ शक्ति कोरिया नेपाल अन्तरिम परिषद चयन गरिएको छ । बलराम पुनको संयोजकत्वमा गठित परिषदमा सीपी ओली, बिरेन्द्र राना, राजु श्री, हेमन्त पुन, प्रकाश गुरुङ, पिटरकुमार श्रेष्ठ, डोलु आले मगर, राज आचार्य, जीवन विश्वकर्मा, गणेश रिजाल, र सुरेन्द्र बजगाईं रहेका छन् ।

यसैगरी सरोज ढकाल, बासुदेव बराल, गोविन्द प्रसाद शर्मा, मदन बानियाँ, अमर बर्मा, रमेश पुडासैनी, अन्जली पौडेल, मिना बटाला, चमन थापा, पेमा साङ्गो शेर्पा, गोपाल बस्नेत, चन्द्र लोप्चन, पुष्प सुस्लिङ्ग मगर, धर्मन्त शाह, सबिर हुसेन, रमेश चौधरी र हरिश
वली परिषद सदस्यमा चयन भएका छन् ।

सुवास शर्मा, होतारम ओली, ओम सागर घर्ती, बासुदेव बगाले, बिनोद श्रेष्ठ, सन्तोष सुस्लिङ्ग मगर, टिकाराम प्रधान, प्रकाश रेग्मी, बी .एम .के बिश्वास, कमला खत्री, राजु आचार्य, नेयोंग नुङ्ग्सन, भागीराम कुसारी, बेद बहादुर थापा, नवराज सुवेदी, फुर्बा शेर्पा, धनेस राई, बिश्वास बिक्रम, सुबास नेपाली, रेजन पाठक र कृष्ण गुरुङ अन्तरिम परिषदका सदस्यमा चयन भएका छन् । भेलाले विभिन्न विभागको जिम्मेवारी समेत तोकेको कार्यक्रममा सहभागी राजु श्रीले जनाए ।



Comments